नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते भएका नेपाली कांग्रेसका सांसद डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुर अस्पतालका डाक्टरको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईमा रहेको नेशनल बर्न अस्पताल लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।
आमा हरिकलालाई भने आईसीयूबाट निकाल्न नमिल्ने भएकाले सांसद भण्डारीलाई मात्रै भारत लैजाने तयारी भएको छ । यसअघि भण्डारीले आफ्नो उपचार स्वदेशमै गर्न आग्रह गर्नु भएको थियो । तर, उपचार सम्भव नभएकाले भारत लैजाने तयारी भएको हो ।
कीर्तिपुर अस्पतालले बिहान विज्ञप्ति निकालेर दुवै जनाको स्वास्थ्य अवस्था जटिल रहेकाले देश बाहिरको सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेको थियो । अस्पतालको जलन उपचार विभागका प्रमुख डाक्टर किरण नकर्मीका अनुसार सांसद भण्डारीको अनुहार, दुवै हात र दुवै गोडा गरी शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको छ ।
यस्तै, आमा हरिकलाको जिउको धेरैजसो भाग गरी ७० प्रतिशतसम्म जलेको छ । दुवै जनाको श्वासनलीमा तातो हावा र धुवाँले असर गरेको डाक्टर नकर्मीले बताउनुभयो । सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति शेरबहादुर देउवा अस्पताल पुग्नु भएको छ ।
यस्तै, अन्य नेता तथा शुभेच्छुकहरु पनि अस्पताल पुगेका छन् । गएराति आफ्नै घर काठमाण्डौको बुद्धनगरमा ग्यास सिलिण्डर पड्किँदा सांसद भण्डारी र उहाँकी ८६ वर्षीया आमा हरिकला घाइते हुनुभएको हो । खाना खाएर सुतिसकेपछि ग्यास सिलिण्डर विस्फोट भएको भण्डारीका स्वकीय सचिव भुवन भुसालले बताउनुभएको छ ।
ग्यास लिक भएको अनुमान गरिए पनि विस्फोट के कारणले भयो भन्नेबारे खुलेको छैन । नेपाली कांग्रेसका नेता भण्डारी गएको मंसिरमा भएको प्रतिनिधि सभा सदस्य चुनावमा गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।