नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - खाना पकाउने ग्यास सिलिण्डर विस्फाेटबाट घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । हरिकला ८६ वर्षको हुनुहुन्थ्यो । अस्पतालका अनुसार उहाँको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
ग्यास विस्फाेटबाट घाइते भएका सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । डाक्टरको सल्लाहअनुसार भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उहाँका स्वकीय सचिव भुवन भुसालले जानकारी दिनुभयो ।
काठमाण्डौको बुद्धनगरमा रहेको घरमा गएराति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको हो । उहाँहरुलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि सिलिण्डर विस्फाेट भएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।