चन्द्र भण्डारीलाई मुम्बई लैजान विमान तयारी अवस्थामा, डाक्टर पनि सँगै जाने

 फागुन ४, २०७९ बिहीबार १४:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – ग्यास विस्फाेटबाट घाइते हुनुभएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । त्यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एअरलाइन्सको विमान तयारी अवस्थामा छ ।

‘विमान तयारी अवस्थामा छ, उहाँहरू आउनेबित्तिकै उड्छ’, श्री एअरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भन्नुभयो । डाक्टर र आफन्तसहितको टोली मुम्बई जान लागेको भण्डारीको सचिवालयले जनाएको छ ।

काठमाण्डौको बुद्धनगरमा रहेको घरमा बुधवार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियाे । उहाँहरूलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । ग्यास लिक भएपछि आगलागी भएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया