सांसद भण्डारीको शल्यक्रिया आज, मुटुको चाल सामान्य : आत्तिनु नपर्ने डाक्टरको भनाइ

 फागुन ५, २०७९ शुक्रबार ६:५५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका सांसद डा. चन्द्र भण्डारीको भारतको मुम्बईमा रहेको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ । उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ।

अस्पतालका डा. सुनिल केस्वानीले दिएको जानकारी अनुसार शरीरमा फ्लुडको मात्रा दोब्बर गर्ने काम भइरहेको छ । उहाँका अनुसार भण्डारीको बिहान साढे १० बजे पहिलो शल्यक्रिया र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तयारी छ ।

भण्डारीको मुटुको चाल सामान्य रहेको र आत्तिनु नपर्ने अस्पतालले जानकारी दिएको छ । हिजो श्री एअरलाइन्सको चार्टर्ड उडानमार्फत् भेन्टीलेटरमा राखेर भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । कीर्तिपुर अस्पतालले भण्डारीको शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको जनाएको छ ।

ग्यास लिक भएपछिको आगलागीमा घाइते भएकी सांसद भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा हिजो निधन भएको थियो। 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया