नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले २०७२ सालमा जारी गरिएको नेपालको संविधानले स्वास्थ्यको हकलाई नागरिककाे मौलिक हकको रूपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयन हुने गरी ऐनहरू तर्जुमा गर्नका लागि सरकारले आवश्यक गृहकार्य र पहलकदमी गरिरहेको दाबीसमेत गर्नुभयो ।
शुक्रवार काठमाण्डाैमा आयोजित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तेस्रो दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताकाे सम्बोधन हुने गरी अनुसन्धानको काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्न प्रतिष्ठानलाई निर्देशन दिनुभयो । उहाँले विकास आयोजनाहरू तोकिएकै समयमा सम्पन्न गरी देशकाे समृद्धिको यात्रालाई सुनिश्चित गर्न सरकार लागिपरेको उल्लेख गर्दै त्यसमा स्वास्थ्य क्षेत्रको पनि रचनात्मक एवम् सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले सरकारी अस्पतालमा रहेका स्वास्थ्य सामग्रीहरूको दुरुपयोग हुन नदिन पनि प्रतिष्ठानका पदाधिकारीहरूलाई सचेत गराउनुभयो । उहाँले जनगुनासो नआउने गरी सेवा प्रवाहको कामलाई चुस्त बनाउन सरकारी अस्पतालहरूले जोड दिनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।