नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सिन्धुपाल्चोकमा रहेको तातोपानी नाकामा तीन वर्षपछि नेपाल र चीनका सरकारी अधिकारीबीच सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको छ ।
नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच तीन वर्षपछि हिजो बिहीवार सीमा सुरक्षाका विभिन्न विषयमा छलफल भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले जानकारी दिनुभयो । बैठकमा नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीहरू सहभागी थिए ।
छलफलमा तातोपानी नाका पूर्णरूपमा खुलाउने विषय पनि उठेको छ । तर यो प्रारम्भिक चरणको छलफलमात्र भएकाले पूर्णरूपमा नाका खोल्नेबारे सहमति गर्न अब पहल हुने प्रमुख जिल्ला अधिकारी न्यौपानले बताउनुभयो । चिनियाँ पक्षले तातोपानी नाका पूर्णरूपमा खुलाउन सीमा सुरक्षामा जोड दिएको छ ।
२०७२ सालको भूकम्पका कारण चार वर्ष ठप्प रहेको तातोपानी नाका कोरोनाका कारण पुनः प्रभावित भएको हो । तातोपानी नाका पहिलाजस्तो सञ्चालनमा नआएका कारण व्यवसायीहरू निराश छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।