सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न

 फागुन ५, २०७९ शुक्रबार १७:३५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा गम्भीर घाइते हुनुभएका सांसद चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको छ ।

भारतको मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा उपचारत कांग्रेस नेता एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको दुवै खुट्टाको शल्यक्रिया सम्पन्न भएको उहाँको उपचार समन्वयका लागि सँगै जानुभएका नेता योजराज कँडेलले जानकारी दिनुभयो । भण्डारीको अवस्था सामान्य रहेको छ । अब दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने भन्ने कुरा 'अब्जर्भेशन' पछि मात्र निर्णय हुने उहाँले बताउनुभयो ।

भण्डारीको उपचारमा खटिएका डाक्टरहरूका अनुसार उहाँको हृदयको चाल पनि सामान्य रहेको र एन्टिबायोटिक्स निरन्तर दिइरहेको कँडेलले जानकारी दिनुभयो ।

बुधवार राति काठमाण्डाैमा रहेको घरमा ग्यास चुहिएर भएको आगलागीमा परि गम्भीर घाइते बन्नुभएका भण्डारीलाई उपचारका लागि हिजो बिहीवार एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको हो । त्यही घटनामा जलेर गम्भीर घाइते भण्डारीकी आमा हरिकला भण्डारीको हिजो बिहान निधन भएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया