नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
म्याग्दी – उज्यालो रेडियो नेटवर्क म्याग्दीका सहकर्मी प्रताप बानियाँ आज (शुक्रवार) सम्मानित हुनुभएको छ ।
बेनी नगरपालिका–५ को जनकल्याण मावि पुलाचौरमा स्थापित जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको अवसरमा सहकर्मी बानियाँ सम्मानित हुनुभएको हो । बानियाँलाई जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनामा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै जनकल्याण मावि अक्षयकोषद्वारा उत्कृष्ट पत्रकारको रूपमा सम्मान गरिएको विद्यालयले जनाएको छ ।
म्याग्दीका क्रियाशील पत्रकारसमेत रहनुभएका उज्यालो सहकर्मी बानियाँलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, वडा नम्बर ५ पुलाचौरका अध्यक्ष गोविन्द बानियाँ र जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले अबिरको टीका तथा माला लगाएर सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो ।
यसैगरी विद्यालयको अक्षयकोष स्थापनामा सहयोग पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा सर्वोत्कृष्ट चन्दादाता गोपाल बानियाँ, ज्येष्ठ नागरिकद्वय दधिलाल पौडेल र पुतली किसान, सहयोगदाता बलराम बानियाँ, सक्रिय सदस्यहरू यामकुमारी श्रेष्ठ र भगवती पौडेल रहनुभएको छ । त्यस्तै संस्थागततर्फ पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र शिवालय आमा समूह पुलाचौरलाई पनि सम्मान गरिएको थियो ।
२०७५ सालमा स्थापना भएको जनकल्याण मावि अक्षयकोषमा अहिले मानार्थ, यशस्कर, विशिष्ट र आजीवन सदस्यसहित एक सय तीन जना सदस्य आबद्ध छन् । अहिलेसम्म अक्षयकोषमा ४७ लाख ६३ हजार पाँच सय ११ रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।