कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउँछाैँ : मन्त्री मोदी

 फागुन ५, २०७९ शुक्रबार १९:५१:११ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताउनुभएको छ ।  

मोरङको ग्रामथान गाउँपालिकाको १२ औँ गाउँ सभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । कतिपय कर्मचारी वर्षाैँसम्म एकै कार्यालयमा रहने र सरुवा पनि सुगम ठाउँमा मात्रै माग्ने विकृति देखिएको भन्दै उहाँले भन्नुभयो, ‘कर्मचारीभित्र सरुवा गरेको ठाउँमा पनि नजाने, कतिपय ठाउँमा सधैँभरि बसिरहने र सुगम ठाउँमा मात्रै सरुवा मागेर जाने प्रचलन रहेछ । कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउन छलफल गर्दैछौँ ।’ 

पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई केन्द्रले खटाउने कि प्रदेशलाई खटाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको मन्त्री मोदीको भनाइ थियो । सङ्घीय निजामती ऐनमार्फत सबै विषयलाई व्यवस्थित बनाउने उहाँले बताउनुभयो । 

फरक प्रसङ्गमा मन्त्री मोदीले आफूले पार्टीगत आस्थाको आधारमा कसैलाई विभेद नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘म पार्टीगत आस्थाको आधारमा विभेद गर्ने मान्छे होइन, कसैलाई पनि पार्टीगत आस्थाको आधारमा विभेद गर्ने काम मबाट हुँदैन, यहाँको विकासका लागि सबै दलसँग मेरो सहकार्य हुन्छ ।’

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया