नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपाली सेनाले आज २६०औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह हुँदैछ । समारोहमा राष्ट्रपति एवम् सेनाको परमाधिपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुने नेपाली सेनाले जनाएको छ । यस्तै भारतीय सेनाका पूर्व प्रमुख लगायतको पनि उपस्थिति हुनेछ ।
समारोहमा परेड अर्थात् शस्त्राभ्यास तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी छ । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा ब्याण्ड प्रस्तुति हुनेछ । जङ्गीअड्डा मातहत देशका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाली सेनाको साङ्गठनिक स्वरूप वि.सं. १८१९ देखि सुरूवात भएको हो ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको छ । नेपाली सेनाले देशभित्र मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा शान्ति स्थापनार्थ सेनाले पुर्याएको योगदानको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा हुँदै आएको छ ।
नेपाली सेनाले पछिल्ला दिनहरुमा विपद् व्यवस्थापन र सडकलगायत पूर्वाधार बनाउने काम समेत गर्दै आएको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्त्वका संरचना, विद्युतगृह, भौतिक पूर्वाधार एवम् प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइमा लगायतका काममा नेपाली सेनाको महत्त्वपूर्ण योगदान छ ।
नेपाली सेनाको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दैआएको भन्दै प्रशंसा व्यक्त गर्नुभएको छ । उहाँले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
देश र नागरिकको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम भूमिका खेल्दै आएको बताउँदै सेनाका परमाधिपतिसमेत रहनुभएकी भण्डारीले यस वर्ष भएका तीनै तहका चुनावलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि देश र नागरिकको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।