वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने : तीन महिनाभित्र अत्याधुनिक सेवा सञ्चालन गर्ने तयारी

 फागुन ६, २०७९ शनिबार ११:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष अर्थात् ‘बर्न वार्ड’ सञ्चालन गरिने भएको छ । २०७२ साल वैशाखको भूकम्पपछि बन्द रहेको बर्न वार्डमा जलनका सामान्य बिरामीलाई समेत उपचार नगरि अरु अस्पतालमा रेफर गर्ने गरिएको थियो ।

ग्यास चुहिएर घाइते भएका सांसद एवम् नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको नेपालमा उपचार सम्भव नहुँदा भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा लगेपछि सञ्चारमाध्यमले देशभित्र जलनको उपचार हुन नसकिरहेको अवस्थालाई प्राथमिकता साथ उठाएका छन् ।

वीर अस्पतालको नयाँ कार्यकारी निर्देशकमा हिजो डा. सन्तोष पौडेल नियुक्त भएसँगै उहाँले नयाँ बनेको सर्जिकल भवनमा अत्याधुनिक बर्न वार्ड बनाउने निर्णय गर्नुभएको हाे । अबको तीन महिनाभित्र जलनको उपचारका लागि अत्याधुनिक उपचार कक्ष सुरु गर्ने उहाँको भनाइ छ ।

अत्याधुनिक जलन वार्ड निर्माणपछि गम्भीर बिरामीलाई पनि वीर अस्पतालमै भर्ना गरी उपचार गरिनेछ । क्रिटिकल बर्नका बिरामीका लागि केयर, अप्रेसन थिएटर, आईसीयूलगायतका सुविधासहित उपचार हुने उहाँको भनाइ छ । वीरको बर्न वार्ड बन्द हुँदा अहिले जलनसम्बन्धी बिरामीको उपचार कीर्तिपुर अस्पतालमा हुँदै आइरहेको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया