नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – ग्यास सिलिन्डर चुहिएर भएको आगलागीबाट घाइते हुनुभएका सांसद एवं नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।
भारतकाे मुम्बईकाे नेशनल बर्न्स सेन्टरमा उपचार गराइरहेका भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टरले बताएका छन् । उहाँ खतरामुक्त रहेकाले पर्सि सोमबार भेन्टिलेटरबाट बाहिर ल्याउने योजना रहेको डाक्टर सुनिल केस्वानीले जानकारी दिनुभएको छ ।
यस्तै, भण्डारीको मुख र हातको जलेको भागमा छाला पलाउन सक्ने सम्भावना रहेकाले तत्काललाई अर्को शल्यक्रिया नगर्ने पनि डाक्टरले जानकारी दिएका छन् ।
उहाँको हिजो दुई वटै खुट्टाको शल्यक्रिया गरिएको थियो । गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।