महाशिवरात्रिमा पशुपति आएका साधुसन्तको बिदाइ आज, दक्षिणामा ८ देखि १० लाख रुपैयाँ खर्च हुने

 फागुन ८, २०७९ सोमबार ७:३४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ आज हुँदैछ । बिहान ११ बजेपछि पशुपति प्राङ्गणबाट बिदाइ गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता रेवती रमण अधिकारीका अनुसार ४ हजारभन्दा धेरै साधु सन्तको बिदाइ गरिँदै छ ।

शिवरात्रिका लागि पशुपति आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित पाँच सय रुपैयाँदेखि ८ हजार रुपैयाँसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका  लागि ८ देखि १०  लाख रुपैयाँ छुट्टाइएको पनि कोषले जनाएको छ । पोहोर र परारको तुलनामा यसपालि पशुपतिमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ । यस्तै, महाशिवरात्रिका अवसरमा पशुपतिमा सङ्कलन भएको भेटीको गणना सुरु भएको छ ।

हिजोदेखि भेटी गन्न थालिएको र गणना सक्न अझै ५–६ दिन लाग्ने कोषले जनाएको छ । यसपालि १५ लाख रुपैयाँ भेटी सङ्कलन भएको हुन सक्ने अनुमान गरिएको छ । अस्ति शनिवार परेको महाशिवरात्रिमा १५ लाखभन्दा धेरै भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषले जनाएको छ। 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया