रुकुम पूर्वमा ६ नाल बन्दुक फेला

 फागुन ८, २०७९ सोमबार २०:४६:४८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – रुकुम पूर्वमा ६ नाल भरुवा बन्दुक फेला परेको छ । सोमवार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले भूमे गाउँपालिका ३ को तुङबाङ खोलाको जङ्गलमा ६ नाल भरुवा बन्दुक फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक (डीएसपी) अञ्जना श्रेष्ठका अनुसार जङ्गलमा बन्दुक लुकाएर राखेको भन्दै स्थानीयले दिएको सूचनाको आधारमा खोजी गर्दा ६ नाल बन्दुक फेला परेकाे हाे । सूचनालगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक टंकप्रसाद भण्डारीको नेतृत्वमा गएको प्रहरी टोलीले बन्दुक फेला पारेको हो । 

६ थान बन्दुकमध्ये पाँच वटा चल्ने अवस्थामा र एक वटा नचल्ने अवस्थाका रहेका छन् । जङ्गलमा ती बन्दुक कसले र किन राखेको भन्ने विषयमा नखुलेकाे डीएसपी श्रेष्ठले बताउनुभयो । ती बन्दुक अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे छ भने थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया