नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - आज धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव परेको छ ।
यही प्रभावका कारण देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज प्रदेश १ मा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।
अन्य क्षेत्रमा भने बादल लागे पनि वर्षाको कुनै सम्भावना छैन । यस्तै, आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो । भोलिको मौसम पनि यस्तै रहने अनुमान छ ।
पश्चिमी वायुका कारण यसपालिको हिउँदमा मौसम बदली भइरहे पनि पानी भने पर्न सकेको छैन । पानी पार्ने प्रणाली सक्रिय नहुँदा वर्षा नभएको माैसमविद्ले बताउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।