नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - यसवर्ष वर्षा र हिमपात नहुँदा हिउँदे बालीमा क्षति पुगेको छ । बाली खेतबारीमा नै सुक्न थालेको छ । उत्पादन घट्ने जोखिम बढेको छ । पश्चिमी क्षेत्रमा केही वर्षा भए पनि धेरै ठाउँमा यसपालि हिउँदे वर्षा हुन सकेको छैन । बाली लगाएदेखि नै पानी नपर्दा गहुँ, जौ, केराउ, मुसुरो, आलु, फलफूललगायतको उत्पादनमा असर पर्ने देखिएको छ ।
गहुँ, जौको बोट सुक्न थालेको म्याग्दीको बेनी नगरपालिका–२ का टेकबहादुर कार्कीले गुनासो गर्नुभयो । हिउँदे बालीलाई सिँचाइ अभाव भएको छ । आकाशे पानीको भरमा खेती गरेका किसान थप मर्कामा परेका छन् । सिँचाइ सुविधा नभएको क्षेत्रमा हिउँदेबाली सुक्ने र उत्पादन घट्ने सम्भावना रहेको कृषि विज्ञले बताएका छन् ।
यस्तै, लामो समयदेखि पानी नपर्दा पशुलाई चरनको पनि अभाव भएको छ । हिमपात र वर्षा नहुँदा लेक तथा खर्कमा घाँस उम्रेको छैन । वन, खर्क र खोलामा आश्रित भएका पशुपालक किसान अहिले हिउँदे वर्षा नहुँदा समस्यामा परेका हुन् ।
सामान्यतया माघको दोस्रो हप्तादेखि घाँस पलाउन सुरू हुनुपर्नेमा यसवर्ष भने हिउँदे वर्षा नहुँदा घाँस पलाएको छैन । यस्तै, लामो समयदेखि हिउँदे वर्षा नहुँदा खानेपानीका मुहानसमेत सुक्न थालेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।