व्यवसाय दर्ता नहुँदा महानगरले बनाएकाे नीति तथा कार्यक्रम 'फेल' हुने गरेकाे छ : उपमेयर डंगाेल

 फागुन ९, २०७९ मंगलबार १५:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ ।

मङ्गलवार ग्रिल तथा स्टिल व्यवसायी सङ्घ काठमाण्डाैकाे साताैँ वार्षिक साधारण सभामा बोल्दै उपमेयर डंगोलले यस्तो बताउनुभएको हो । उहाँले महानगरले व्यवसायलाई प्रोत्साहन गर्नका लागि व्यवसायीहरूले आफ्नो व्यवसाय व्यवस्थित बनाउन जरुरी रहेको बताउनुभयो ।

उपमेयर डंगोलले व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको बुझ्ने गरेको भन्दै करको दायरामा आउनु भनेको दायरा फराकिलो बनाएर घटाउन सजिलो हुने बताउनुभयो । उहाँले व्यवसाय औपचारिकरूपमा दर्ता गर्नु आफ्नो व्यवसायको पहिचान दिनुभएको उल्लेख गर्नुभयो । उपमेयर डंगोलले व्यवसाय दर्ताको रेकर्ड हेर्दा ५० वटा हुने तर काम गरिरहेको सङ्ख्या भने पाँच हजारभन्दा बढी रहेको पाइएको बताउनुभयो । उहाँले व्यवसायलाई व्यवस्थित बनाउन महानगरले योजना बनाउँदा धेरै व्यवसाय दर्ता नहुँदा नीति तथा कार्यक्रम 'फेल' हुने गरेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘महानगरपालिकाभित्र रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने महानगरको उद्देश्य छ । व्यवसायीहरुले आफ्नो व्यवसायलाई व्यवस्थित बनाउनु जरुरी छ । अहिले कतिले अनौपचारिकरूपमा व्यापार व्यवसाय गरिरहनुभएको छ । औपचारिक दायरामा आउनुभएको छैन । व्यवसायीहरूलाई औपचारिक दायराभित्र आउन अनुरोध गर्न चाहन्छु । धेरैलाई व्यवसाय दर्ता गर भन्दा कर तिर भनेको भन्ने लाग्न सक्छ ।  दर्ता नभएका व्यवसायीहरूको माग सम्बोधन गर्न महानगर अन्योलमा पर्छ ।’

त्यस्तै ग्रिल तथा स्टिल व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवालले अत्याश्यक सेवा दिँदै आए पनि राज्य र उपभोक्ताबाट उपेक्षित भएको गुनासाे गर्नुभयाे । उहाँले राज्य र उपभोक्ताबाट उपेक्षित हुनुको प्रमुख कारण सरकारको अदूरदर्शी नीति भएको दाबी गर्नुभयो । उहाँले ग्रिल तथा स्टिल व्यवसायीहरू आफैँले स्टिल व्यवसायलाई उचित सम्मान दिन नसकिएको पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया