कास्की : पाेखरीमा डुबेर ४ वर्षीय बालककाे ज्यान गयाे

 फागुन ९, २०७९ मंगलबार १८:३१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

कास्की – पोखरा महानगरपालिका वडा नम्बर ५ पर्स्याङमा रहेको खुडे पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

पाेखरीमा डुबेर पर्वत घर भई पाेखरा ५ धारापानीमा बस्दै आउनुभएकी सुनिता केसीका चार वर्षीय छाेरा सुहाैनकाे ज्यान गएकाे कास्की प्रहरीले जानकारी दिएकाे छ । सोमवार राति घर नआएपछि खोजी गर्ने क्रममा आज मङ्गलवार खुडे पोखरीमा डुबेको अवस्थामा उनकाे शव फेला परेकाे थियाे ।

बालक खेल्ने क्रममा पोखरीमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया