नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
कास्की – पोखरामा विस्फोटक पदार्थ खेलाउँदा पड्किएर आज मङ्गलवार दुई बालक घाइते भएका छन् ।
पोखरा महानगरपालिका–३३ ठूलढुङ्गाका दुई जना बालकले नेपाली सेनाको पोस्ट नजिकैको वनमा भेटाएकाे विस्पोटक पदार्थ घरमा लगेर खेलाउँदा पड्किएर घाइते भएका हुन् । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विस्फाेटक पदार्थ पड्किँदा एक जनाको हातमा र एक जनाको हात र खुट्टा दुवैमा सामान्य चोट लागेको प्रहरीले जानकारी दिएको छ । उनीहरंको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।