कांग्रेस नेता भण्डारीलाई भोलिदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने

 फागुन ९, २०७९ मंगलबार २०:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – खाना पकाउन ग्यास चुहिएर भएकाे आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई भोलि बुधवारदेखि कृत्रिम अक्सिजन दिन बन्द गरिने भएको छ ।

नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईमा रहेकाे नेशनल बर्न सेन्टरमा भइरहेको छ । उहाँलाई आज मङ्गलवार राति पाँच लिटर अक्सिजनमा मात्र रिजरभायर ब्याग मास्कमा राखिने र भोलिसम्म मात्र रिजरभायर ब्याग मास्कमा राखिने उपचार समन्वयमा सँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिनुभयो । नेशनल बर्न सेन्टरका डा. सुनिल केशवानीका अनुसार नेता भण्डारीलाई 'इटी ट्युब' मा अब राख्न नपर्ने र इन्फेक्सनको मात्रा पनी कम हुँदै गएको उहाँले जानकारी दिनुभयो ।

नेता भण्डारीको अनुहारमा नयाँ छाला उत्साहजनकरूपमा पलाएको तर हातहरूमा अलि–अलिमात्र पलाएकाले एक हप्ता अझै हेर्ने अनि मात्र आवश्यक भएमा हातको ग्राफ्टिङ गर्ने डाक्टरले जनाएका छन् । उहाँलाई छिटो सुधार भइरहेकाले अबको चार दिनपछि सायद आईबीसीयू (इन्टेन्सिभ बर्न केयर युनिट) बाट बाहिर निकाल्न सकिने डाक्टरले बताएका नेता कँडेलले जानकारी दिनुभयो ।

गएको बुधवार राति काठमाण्डौको बुद्धनगरमा रहेको निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी घाइते हुनुभएको थियो । उपचारका क्रममा आमा हरिकलाको निधन भएको थियो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया