दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव

 फागुन १०, २०७९ बुधबार १६:२५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको भन्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव गरेको बोर्डका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

अध्ययन समितिले किसान, उद्योगी, बजारसहित अध्ययन गरेर तयार पारेको प्रतिवेदनअनुसार दूध प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको उहाँले बताउनुभयो । बढेको मूल्यको ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगीले पाउने उहाँले दाबी गर्नुभयो । मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि कार्यान्वयनमा जानेछ ।  

यसअघि २०७८ माघ मा दूधको फ्याटका आधारमा प्रतिलिटर नाैदेखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । राष्ट्रिय दुग्ध विकास नीतिअनुसार हरेक दुई वर्षमा दूधको मूल्य पुनरावलोकन गर्ने व्यवस्था गरेको छ । तर यसपालि मूल्यवृद्धि भएको एक वर्षमै बोर्डले भाउ बढाउन सिफारिस गरेको हो ।

अहिले दूधको उपभोक्ता मूल्य ८६ रुपैयाँ रहेको छ । तर खुलारूपमा बिक्री हुने दूध अहिले पनि प्रतिलिटर एक सय रुपैयाँ वा त्योभन्दा माथि पनि बिक्री भइरहेको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया