नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - आज पनि प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा हुने अनुमान गरिएको छ । यी दुई प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । हिजो प्रदेश १ को ताप्लेजुङमा र गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो ।
पानी परेपछि त्यस क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हिजो हल्का वर्षा हुँदा पनि राहत मिलेको छ ।
जल तथा मौसम विज्ञान ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार ताप्लेजुङमा पोहोर पुसदेखि फागुन पहिलो हप्तासम्ममा ७१ दशमलव ५ मिलीमिटर वर्षा भएको थियो । यसपालि यही अवधिमा ० दशमलव ७० मिलीमिटर मात्रै पानी परेको छ ।
आज पनि प्रदेश १ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । अन्य क्षेत्रको मौसम भने आज सामान्यतया सफा नै रहने मौसमविद्ले बताएका छन्।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।