स्वास्थ्य मन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच स्विट्जरल्यान्डमा भेट

 फागुन ११, २०७९ बिहीबार ८:४९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससबीच स्विट्जरल्यान्डमा भेटवार्ता भएकाे छ । 

बिरामी सुरक्षा सम्बन्धी पाँचौँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्विट्जरल्यान्ड पुग्नु भएका स्वास्थ्यमन्त्री गिरी र डब्ल्यूएचओका महानिर्देशक डा गेब्रेयससबीच भेट भएकाे हाे ।  

भेटमा मन्त्री गिरीले पोलियाे, हैजा, काेराेना विरुद्धकाे खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण तथा रोकथाम, निवारण र उन्मूलन, २०७२ सालको भूकम्प, मातृशिशु स्वास्थ्यका क्षेत्र लगायतका पक्षमा डब्ल्यूएचओले खेलेको भूमिकाका लागि धन्यवाद दिनुभएकाे छ । 

मन्त्री गिरीले नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रतिजैविक औषधिको प्रतिरक्षा प्रणालीलगायत अहिले भइरहेका गतिविधिहरूकाे विस्तार र आपसी सहकार्य समन्वयका लागि पनि आग्रह गर्नुभएकाे छ । 

विश्व स्वास्थ्य सङ्गठनका समन्वय सेन्टरहरू निर्माण, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा र अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोगबारेमा पनि छलफल भएको मन्त्री गिरीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरी बताउनुभयाे । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया