प्राधिकरणकाे पाेलका कारण चक्रपथ विस्तारमा समस्या हुँदैन : कुलमान घिसिङ

 फागुन ११, २०७९ बिहीबार १३:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको पाेलका कारण चक्रपथ विस्तारमा कुनै पनि ठाउँमा समस्या नरहेको बताउनुभएकाे छ ।

बिहीवार दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरा सडक खण्डकको अवलोकनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सङसँगै अनुगमन एवम् निरीक्षणका लागि त्यहाँ पुग्नुभएका घिसिङले यस्तो बताउनुभएको हो । उहाँले कलङ्की–बसुन्धरा सडक खण्डमा अब १५ वटा पोल जति हटाउन बाँकी रहेको र ती पोल १५ दिनभित्रमा हटाइसक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘चक्रपथ विस्तारअन्तर्गत कलङ्की–बसुन्धरासम्मको सडक विस्तारमा हामीले पोल सार्ने काम सकिसकेका छौँ । एक/दुई ठाउँमा सडककाे लेभल मिलाउनुपर्ने भएकाले १५ वटा जति पोल सार्न बाँकी रहेछ, १५ दिनजति लाग्छ । प्राधिकरणको पोलको कारणले कुनै पनि ठाउँमा चक्रपथ विस्तारका लागि समस्या छैन ।’

त्यस्तै काठमाण्डाै चक्रपथ सुधार योजनाकी प्रमुख सजना अधिकारीले चक्रपथ विस्तारअन्तर्गत कलङ्कीदेखि बसुन्धरासम्म ८ दशमलव २ किलोमिटर सडक खण्डकाे दोस्रो चरणमा काम सुरु हुन लागेको बताउनुभयो । उहाँले जसअन्तर्गत रहेका झन्ड तीन सय वटा बिजुलीका पोल हटाइसकेको र अब २२ वटा पोलमात्रै रहेकाले सडक विस्तारका लागि कुनै समस्या नभएको बताउनुभयो । उहाँले सडक छेउमा रहेका १९ वटा मन्दिरमध्ये गोङ्गबुमा रहेको मन्दिरबाहेक अन्य सबै मन्दिर स्थानान्तरण गरिसकेको पनि बताउनुभयो ।

दोस्रो चरणको चक्रपथ विस्तारअन्तर्गत आज बिहान मन्त्री श्रेष्ठसहित नेपालका लागि चिनियाँ राजदूत छन सङ, काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतले सडक अनुगमन एवम् निरीक्षण गर्नुभएको थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया