नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको १५ लाख 'बुस्टर डोज' खोप ५५ वर्षमाथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिक र अग्रपङ्क्तिमा खटिनेहरूलाई लगाउने भएको छ ।
गएकाे सोमवार कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो । खोपका लागि ग्लोबल एलायन्स (गाभी) ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले कोभिड–१९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने काम सुरु भएको पनि बताउनुभयो । उहाँले पहिलो मात्रा खोप नलगाएका व्यक्तिहरूलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताउनुभयो ।
सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरूमा उपलब्ध हुने गरी समन्वय गरिसकेको उल्लेख गर्दै आफ्नो परिचय खुल्ने कागजात लिएर खोप केन्द्र गएर सहजै खोप लगाउन सक्ने बताउनुभयो । उहाँले खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी रहेकाहरूलाई खोप लगाइदिन आग्रहसमेत गर्नुभयो । आजदेखप काठमाण्डाैकाे टेकुमा रहेकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ ।
सहायक प्रवक्ता अधिकारीले अहिले नेपालमा आएको कोरोनाविरुद्धको खोप पहिला भएको सङ्क्रमण र अहिले फैलिरहेको सङ्क्रमण दुवैको हिसाबले प्रयोग गर्न मिल्ने बताउनुभयो । उहाँले यो खोप विगतमा जुनसुकै खोप लगाएको भए पनि बुस्टर डाेजका रूपमा लगाउन मिल्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।