काठमाण्डाै उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने

 फागुन ११, २०७९ बिहीबार १७:२३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा प्रतिघन्टा ५० किलोमिटरभन्दा बढीको गतिमा गाडी गुडाउन नपाइने भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना निकालेर सवारी तथा यातायात व्यवस्था ऐन र सडकको भौतिक अवस्थासमेतलाई ध्यान दिएर गाडी तथा मोटरसाइकलको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर तोकिएको जानकारी गराएको छ ।

कलङ्की–कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको छ । यस्तै कोटेश्वर–भक्तपुर सडक खण्डमा पनि प्रतिघन्टा ५० किलोमिटर गति तोकिएको छ ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया