माओवादी जसपालाई उपराष्ट्रपति दिन सकारात्मक छ : उपेन्द्र यादव

 फागुन ११, २०७९ बिहीबार १८:४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव तथा सरकारको विषयमा धारणा राखेको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकारलगायतका विषयहरूमा हामीले आफ्नो धारणा राख्याैँ । माओवादी अत्यन्त सकारात्मक छ । माओवादी, प्रचण्ड जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ ।’

अध्यक्ष यादवले प्रधानमन्त्री प्रचण्डले जुनसुकै काम गर्दा पनि नेपाली कांग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गर्नुभएको उल्लेख गर्नुभयो । प्रचण्डले आउँदा दिनमा कांग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको उहाँको भनाइ छ । 

अहिले केहीबेरमा फेरि प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरू छलफलमा जुट्ने उहाँले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया