वसन्तयामका लागि सगरमाथामा बाटो बनाउने टोली आधार शिविरतर्फ खटियो

 फागुन १४, २०७९ आइतबार १३:४०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदाे वसन्तयाममा सगरथामा आरोहणका लागि बाटो बनाउन हिउँमा बाटो बनाउने कामदार अर्थात् 'आइसफल' डाक्टरहरूको टोली आज आइतवारदेखि नाम्चेबाट सगरमाथा आधार शिविरतर्फ लागेको छ ।

आधार शिविरबाट खुम्बु आइसफल हुँदै दोस्रो शिविरसम्मको बाटो बनाउने जिम्मेवारी लिँदै आएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले खटाएका आइसफल डाक्टरहरू आज आधार शिविरतर्फ गएका एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो । उनीहरू आधार शिविरमा पुगेर आउँदो बुधवारदेखि शनिवारसम्म तालिम लिनेछन् । त्यसपछि उनीहरूले बाटो बनाउने काम सुरु गर्ने लामाले जानकारी दिनुभयो ।

आइसफल डाक्टर आङ सर्की शेर्पाको नेतृत्वमा रहेको टोलीमा आठ जना आइसफल डाक्टर, एक जना आधार शिविर प्रबन्धक र दुई जना भान्सा कर्मचारी गरी ११ जना रहेका छन् । टोलीले आउँदो वसन्तयामको आरोहण सिजनमा सगरमाथा, ल्होत्से र नुप्त्से आरोहण गर्ने आरोहीहरूका लागि दोस्रो शिविरसम्मको बाटो मर्मत गर्नेछन् ।

खुम्बु आइसफलमा हिउँको अवस्था बदलिरहने भएकोले त्यहाँ बाटो बनाउन जोखिमपूर्ण मानिन्छ । आइसफल डाक्टरहरूको टोली आधार शिविरतर्फ लागेसँगै आउँदो यामको सगरमाथा आरोहणको तयारी सुरु भएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया