सन्दीप लामिछानेकाे मुद्दा हेर्दाहेर्दैमा

 फागुन १४, २०७९ आइतबार १७:१०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वाेच्च अदालतलले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । आज आइतवार बहस नसकिएपछि लामिछानेको मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो ।

यस मुद्दामाथि भाेलि साेमवार बहस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको हो । बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत काठमाण्डाैले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालतले विदेश जान नपाउने गरी २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

त्यसका विरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । त्यस्तै लामिछानेले पनि विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए । सर्वोच्चले दुवै निवेदनलाई एउटै ठाउँमा राखेर सुनुवाइ तोकेको थियो । सोमवार पनि न्यायाधीशद्वय मल्ल र चुडालकै इजलासमा सुनुवाइ हुनेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया