'भिजिबिलिटी' कम हुँदा त्रिभुवन विमानस्थलमा जहाज अवतरण प्रभावित

 फागुन १४, २०७९ आइतबार १८:०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँ दिल्लीबाट आएको भिस्तारा एअर र इन्डिगो एअरको जहाज दिल्ली फर्काइएको छ । कतार एअरवेज, नेपाल एअरवेजसहित अरू धेरै जहाज नेपाली आकाशमा फन्को मारिरहेका छन् ।

चट्याङ, हावाको अनियमित गति र वर्षाका कारण जहाजहरु अहिले अवतरण गर्न नसकेका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अहिले आन्तरिक उडानका जहाजहरू समेत अवतरण गर्न नसकिरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया