नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ - पानी परेपछि काठमाण्डौ उपत्यकासहितका क्षेत्रमा प्रदूषण कम भएको छ । लामो समयसम्म पानी नपर्दा प्रदूषण बढेको थियो । हिजोको वर्षाले भने धुलोमैला पखालेको छ । झण्डै पाँच महिनादेखि पानी नपर्दा काठमाण्डौ उपत्यकामा धुवाँधुलो र प्रदूषण बढेको थियो ।
हिजो दिउँसो काठमाण्डौसहित बाग्मती प्रदेशका केही ठाउँ र पोखरासहित गण्डकी प्रदेशका केही ठाउँमा पानी परेको हो । आज पनि काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश-१ का थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज पनि हिमाली र उच्च पहाडी क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज दिउँसो वर्षाको सम्भावना रहे पनि राति भने पानी नपर्ने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज हिजोको भन्दा कम र भोलि आजको भन्दा कम वर्षाको सम्भावना छ ।
यसपालि हिउँदयाम सकिनै लाग्दा हिउँदे वर्षा भएको हो । यसअघि पश्चिमी क्षेत्रमा केही वर्षा र हिमपात भए पनि अन्य क्षेत्रमा पानी पर्न सकेको थिएन । हिउँद सकिनै लाग्दा भएको वर्षाले केही राहत दिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।