नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – विशेष अदालतले काठमाण्डाै फन पार्कको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै पूर्वमन्त्रीसहित नौ जनालाई दोषी ठहर गरेको छ ।
समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको जग्गा भाडामा लगाउँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले पूर्व महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपाने र पूर्वश्रम राज्य मन्त्री टेकबहादुर गुरुङसहित नौजनालाई दोषी ठहर गरेको हो ।
जग्गा भाडामा लिने गुरुङ कांग्रेस नेता हुन् । गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा मनाङबाट निर्वाचित भएका उनको सांसद पद निलम्बित थियो । अदालतले तत्कालीन समाज कल्याण परिषद्का उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीलाल चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरु मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने र फनपार्कका मुख्य सञ्चालक रवीन्द्र गुरुङलाई पनि दोषी ठहर गरेको छ ।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले पूर्वमन्त्रीद्वयसहित नौजना भ्रष्टाचारको कसुरमा दोषी देखिएका जानकारी दिनुभयो । उनीहरुमाथि सजाय निर्धारणका लागि आउँदो २५ गते पेसी तोकिएको पनि प्रवक्ता योगीले बताउनुभयो । जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरेर सरकारलाई हानि–नोक्सानी पुर्याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरी २०७५ साल माघ २१ गते १४ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । १४ मध्ये पाँचले भने सफाइ पाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।