सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

 फागुन १७, २०७९ बुधबार १७:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय सभा हल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएको भन्दै मेयरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । मेयर गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

अख्तियारले घुस लिएको अवस्थामा गएको माघ ३ गते इन्जिनियर साहलाई पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुवै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया