नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आठ दलको समर्थनमा राष्ट्रपतिको उम्मेदवार बनाएपछि राष्ट्रिय एकताको सन्देश प्रवाह भएको बताउनुभएको छ ।
राष्ट्रपति चुनाव अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई अभिमुखीकरण दिन बिहीवार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गएको पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा संसद् विघटन ठिक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पदका उम्मेदवार पौडेललाई आठ दलको मात्र नभई १० दलको समर्थन रहेको बताउँदै उहाँले स्वतन्त्र सांसदहरूको पनि समर्थन रहेको बताउनुभयो । ‘उहाँले चुनाव जितिसक्नुभएको छ । यो लोकतन्त्र र संविधानको हितमा छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ । हामी अहिले पनि राजनीतिक सङ्कट र चुनौतीकै बीचमा छौँ ।’
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भयो, त्यो आफैँमा राष्ट्रिय सहमतिको आधार थियो । बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ– देश अप्ठ्यारो परिस्थितिमा छ, तपाईँ र म मिलेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ । तर उहाँले मान्नुभएन । त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ ।’
प्रधानमन्त्रीले यस पटक संविधानको महत्त्व र अन्तर्य बुझेको, लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको निष्ठावान् नेता पौडेललाई उम्मेदवार बनाएको भन्दै उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेमा विश्वास रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।