सुक्खा पहिराेका कारण बन्द डुम्रे–बेसीसहर सडक खण्ड सञ्चालनमा

 फागुन १९, २०७९ शुक्रबार ९:१२:५१ | रासस
unn.prixa.net

लमजुङ - सुक्खा पहिराेले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेसीसहर सडक खण्ड पुनः सञ्चालनमा आएको छ । याे सडकअन्तर्गत बेसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडामा गएकाे सुक्खा पहिराे हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो ।

गएकाे भदौ महिनामा पहिराेले पक्की सडक भत्काएपछि यस ठाउँमा वैकल्पिक सडक निर्माण गरिएकाे थियाे । तर, ढुङ्गा माटाे झरेर पटक पटक याे सडक पनि बन्द हुँदै आएकाे छ ।  

माथिबाट झरेको ढुङ्गा माटाे डुम्रे बेसीसहर चामे योजना सडक कार्यालय लमजुङकाे डोजरले हटाएपछि गाडी सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताउनुभयो ।

सडक बन्द हुँदा बेसीसहरबाट काठमाण्डाै, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र यस ठाउँबाट बेसीसहर आउने गाडी बाटाेमै राेकिएका थिए।  बयालीस किलोमिटर लामाे डुम्रे बेसीसहर सडक खण्ड अन्तर्गत यस ठाउँमा पटक पटक पहिराे खस्दा गाडी आवतजावत बन्द हुने गरेकाे छ । 

यस ठाउँमा पहिरोकाे दीर्घकालीन राेकथामका लागि २० करोड रुपैयाँमा ठेक्कासमेत आह्वान गरिएकाे डुम्रे बेसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया