नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । प्राधिकरण २५औँ वर्ष पूरा गरी २६औँ वर्षमा प्रवेश गरेको छ । प्राधिकरण २०५४ साल फागुन २० गते स्थापना भएको थियो ।
स्थापना दिवसका अवसरमा प्राधिकरणले सेवालाई भरपर्दो र सर्वसुलभ बनाउने प्रतिबद्धता जनाएको छ । अहिले नेपालमा दूरसञ्चार सेवाको अवस्था सन्तोषजनक नै रहेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनुभएको छ । अहिले फिक्स्ड टेलिफोन सेवा प्रयोगकर्ता २ दशमलव ८ प्रतिशत र सिमकार्ड बिक्रीको आधारमा मोबाइल सेवाको घनत्व १२६ दशमलव ०२ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ । तर अझै पनि कतिपय ग्रामीण विकट क्षेत्रमा गुणस्तरीय दूरसञ्चार सेवा पुग्न सकेको छैन । त्यस्तो क्षेत्रमा सेवालाई प्रभावकारी बनाउन लागिपरेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको स्थापना दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शुभकामना व्यक्त गरी दूरसञ्चार सेवालाई भरपर्दो र सर्वसुलभ बनाउन तथा नियमित र व्यवस्थित गर्न आग्रह गर्नुभएको छ । उहाँले डिजिटल नेपाल निर्माण गर्न, पूर्वाधारको विकास तथा विस्तारमा निरन्तर लाग्न पनि आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।