ट्राफिक प्रहरीको विशेष चेकिङ : यात्रुबाट बढी भाडा असुल्ने पाँच जना पक्राउ

 फागुन २०, २०७९ शनिबार ९:४९:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - यात्रुसँग ताेकिएकाे भन्दा बढी भाडा असुल्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेकाे छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाईबाट खटिएको ट्राफिक प्रहरीले आज बिहान बल्खु क्षेत्रमा विशेष अनुगमन गरी उनीहरुलाई पक्राउ गरेकाे हाे । 

होलीको अवसर पारेर काठमाण्डौबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक र काउण्टरले निर्धारित भन्दा बढी भाडा लिने गरेको गुनासाे आएपछि प्रहरीले अनुगमन गरेकाे हाे । 

पक्राउ पर्नेमा सुविधा काउण्टरका कामदार काभ्रेपलाञ्चोकका २४ वर्षीय दुर्गा तामाङ, मकवानपुरका २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउण्टरका कामदार काठमाण्डौका ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराका २४ वर्षीय ओजिर अन्सारी र लालिगुराँस काउण्टरबाट सञ्चालित सुमोका चालक रौतहटका २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन्। 

निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको छ ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया