नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – लागुऔषध प्रयोग गरेर गाडी चलाएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गए राति नागढुंगामा गरेको विशेष जाँचका क्रममा ११ जनाले लागुऔषध प्रयोग गरी गाडी चलाएको पाइएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरेकोमा लागुऔषध प्रयाग गरेका ११ जनालाई नेपाल प्रहरी अस्पताल, लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले पक्राउ गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
उनीहरूलाई हिरासतमा राखेर लागुऔषध सेवनको मुद्दा चलाइने उहाँले बताउनुभयो । उहाँले आउँदै गरेको होलीको दिन पनि लागुपदार्थ सेजना र जाँडरक्सी सेवन गरे नगरेको बारेमा जाँच गर्ने उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले गएको साउन नौ गतेदेखि चालकहरुले लागुऔषध प्रयोग गरी गाडी चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टि.एच.सी. किटको प्रयोग गरी जाँच गर्न थालेको हो ।
जाँड रक्सी खाएर गाडी चलाउने चालकलाई जरिबाना र सचेतना कक्षामा सहभागी गराउने र लागुऔषध प्रयोग गर्नेलाई पक्राउ गरी मुद्दा चलाउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।