नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
खाेटाङ - ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ ।
ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठमाण्डाैको लापरबाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ सछितापोखरीको विद्युतीकरणको काम अलपत्र परेको हो ।
सम्झौता अनुसार गएकाे असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माणस्थलमा असरल्ल पारेको छ । खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको दुई करोड रुपैयाँ विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत् विद्युतीकरणको काम अघि बढाइएको थियो ।
अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभीले २०७९ असार २० गतेसम्ममा विद्युतीकरणको काम सक्नेगरी २०७८ फागुन १६ गते एक करोड १० लाख रुपैयाँमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाख रुपैयाँ विद्युतीकरणको काम गर्नेगरी ठेक्का सम्झौता गरेको हो । तर कम्पनीले २०७९ असार १ गते ४१ हजार ८५८ रुपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगेयता अन्य उपकरण नलगेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इञ्जिनियर विजयराज रेग्मीले बताउनुभयो ।
लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरु अलपत्र पारिएका छन् । डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताउनुभयो । विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत् प्राधिकरणले उपलव्ध गराइरहेकोछ ।
निर्माण कम्पनीले उपलव्ध सामग्री ढुवानी गरेर एचटी तथा एलटी लाइनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ । ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।