खेतबारी बाँझाे राखेर खानेकुरा विदेशबाट आयात गरिरहेका छाैँ : रामचन्द्र पाैडेल

 फागुन २१, २०७९ आइतबार १६:५९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताउनुभएको छ ।

आइतवार नेपाल ट्रेड युनियन कांग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाण्डाैमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पाैडेलले आफ्नो भूमिमा पाखुरा बजार्नु नै राष्ट्रियता र देशभक्ति भएको उल्लेख गर्नुभयो । उहाँले श्रम गर्नेलाई राज्यले सम्मान गर्नुपर्ने र श्रम गर्नलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘हामीले देशलाई अगाडि बढाउनका लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडि बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरू बाँझो छन् । हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अर्बाैँ, खर्बाैँकाे आयात गरेका छौँ । धान्ने कसरी हो ? त्यस कारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ । यही नै राष्ट्रियता हो । यही नै देशभक्ति हो । श्रम गर्नेलाई सम्मान गर्ने र प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा हामी सबै लागौँ । समाजवाद उन्मुख राज्य भनेर हामीले भनेका छौँ । त्यो साकार हुनुपर्छ । शब्दमा मात्रै अब धेरै खेलेर काम छैन । शब्दको अर्थ साकार हुनुपर्‍याे ।’

श्रम गरेर बाँच्न वरिष्ठ नेता पाैडेलले आग्रह गर्नुभयो । उहाँले श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया