नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
काठमाण्डाै - होली पर्वलाई मध्यनजर गरी काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न ६८ ठाउँमा चेक पोइन्ट राख्दैछ । त्यस्तै विभिन्न १९ ठाउँमा माेबाइल भ्यानले नियमित गस्ती समेत गर्ने भएको छ।
होली पर्वलाई दुर्घटना रहित सुरक्षित र मर्यादित बनाउने उद्देश्यले काठमाण्डौ उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा चेक पोइन्ट राख्न लागिएको हो । जाँडरक्सी खाएर गाडी चलाउने, तीव्र गतिमा गाडी चलाउनेलाई कारबाही गरिने ट्राफिक प्रहरीले जनाएको छ।
त्यस्तै गाडीको प्रयोग गरी रङ्ग, लोला हान्ने, अभद्र व्यवहार गर्ने, लागुपदार्थ खाएर गाडी चलाउने, लापरबाहीका साथ गाडी चलाउने लगायत विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडाइ गरी पक्राउ गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।