तमिलनाडुमा मजदुरमाथि कुटपिट भएको अफवाह फैलिएपछि नेपाली कामदार त्रासमा

 फागुन २३, २०७९ मंगलबार ९:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतको तमिलनाडुमा बिहारका मजदुरमाथि कुटपिट भइरहेको अफवाह फैलिएपछि त्यहाँ रहेका नेपाली कामदारहरुले पनि असुरक्षित महसुस गरेको बताएका छन् ।

तमिलनाडुमा नेपालीलाई पनि हिन्दीभाषीका रूपमा व्यवहार हुने भएकाले आफूहरू त्रासमा बसिरहेको त्यहाँ रहेका केही नेपाली कामदारहरुले बताएका बीबीसीले जनाएको छ ।

भारतमा रहेको नेपाली राजदूतावासले तमिलनाडुमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहेको र त्यहाँ कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन अनुरोध गरेको बताएको छ । पछिल्ला केही दिनमा तमिलनाडुमा कार्यरत बिहारका मजदुरमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका छन् । तर भारतीय सञ्चारमाध्यमहरुले पुराना भिडियो सामाजिक सञ्जालमा राखेर अफवाह फैलाएको दाबी गरेका छन् । सार्वजनिक भइरहेका भिडियोलाई लिएर बिहार र तमिलनाडु राज्यका मुख्यमन्त्रीबीच कुराकानी पनि भएको बीबीसी हिन्दीले जनाएको छ ।

तमिलनाडु राज्यका विभिन्न ठाउँमा नेपाली सुरक्षा गार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसल तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेका छन् । एकिन तथ्याङ्क नभए पनि त्यहाँ हजारौँ नेपाली मजदुरहरु रहेका प्रवासी नेपाली सङ्घसंस्थाहरुको भनाइ छ । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया