नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
दार्चुला – दार्चुलामा जीप दुर्घटनामा परि एक जनाकाे ज्यान गएकाे छ । दुर्घटनामा घाइते भएकी भारतकाे पिथौरागढ जिल्लाकाे धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीकाे जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा घाइते भएका अन्य तीन जनालाई उपचारका लागि भारतकाे पिथाैरागढ रेफर गरिएकाे दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिनुभयो । जिपमा नाै जना भारतीय नागरिक सवार रहेका प्रहरीकाे भनाइ छ ।
मङ्गलवार (आज) बिहान मधेस प्रदेश ०३–००–०३४० नम्बरकाे जीप महाकाली नगरपालिका–४ बाङ्गाबगर खानेपानी ट्याङ्की नजिक लास्कु खोलामा खसेकाे थियाे । उनीहरू डुङरी मन्दिरमा पूजापाठ गर्न आएका बुझिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।