कोशी र गण्डकीका एक/दुई ठाउँमा आज मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

 फागुन २७, २०७९ शनिबार ७:७:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका पहाडी क्षेत्रमा आजको मौसम आंशिक बदली रहेको छ ।

कोशी र गण्डकी प्रदेशका पहाडी एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । मेघगर्जन, चट्याङ तथा हावाहुरी प्रि–मनसुनमा हुने गतिविधि हुन् । आज राति पनि देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अबको दुई/तीन दिन मौसम सफा नै रहने महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया