सहकारी ठगी : लेखा समिति सभापतिकी पत्नी अञ्जला कोइरालासहित २...
पुस २, २०८१ मंगलबार
सप्तरी – सप्तरीमा यस वर्ष आँपको उत्पादन बढ्ने भन्दै किसान उत्साहित भएका छन् । आँपको बोट झाङ्गिने गरी फूल फुलेपछि किसान उत्पादन बढ्नेमा आशावादी देखिएका हुन् । एकाध आँप भएका बारी होस् वा आँपको बगैँचा नै किन नहोस् यतिबेला सबैतिर आँपका रुखहरूमा फूलहरू फुलेका छन् ।
सप्तरीमा घरायसी प्रयोजनका लागि अधिकांश घरमा आँपको बोट लगाइएको छ । यसैगरी, व्यावसायिक प्रयोजनका लागि विभिन्न स्थानमा समेत आँपका फूलहरू फुलेर झकिझकाउ भएका छन् । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्रप्रसाद यादवले यस वर्ष आँपको माैसम राम्रो भएको बताउनुभयो ।
“आँप एक वर्ष बढी र अर्को वर्ष कम उत्पादन हुन्छ,” कार्यालय प्रमुख यादवले भन्नुभयो, “यस वर्ष सबै तिरबाट आँपको उत्पादन राम्रो हुने अनुमान गरिएको छ ।”
सप्तरी लगायतका जिल्लामा चैत, वैशाख तथा जेठ महिनामा आउने हावाहुरीले आँप झारेर क्षति पुर्याउने भए पनि यस वर्ष फुलेको आधारमा बढी उत्पादन हुने कार्यालयले जनाएको छ ।
सप्तरीमा सबैभन्दा बढी मालदह आँप लगाइएको छ । यसैगरी, किसुनभोग, बम्बै, अम्रपाली, दार्जलिङ्ग, केलवा, कलकतियालगायतका अन्य जातको आँपको रुख पनि लगाइएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार सबै जातका आँपको रूपमा फूलहरू फुलेका छन् ।
सप्तरी जिल्लाभर करिब पाँच हजार २८७ हेक्टर जमिनमा आँप लगाइएको कार्यालय प्रमुख यादवले बताउनुभयो । जिल्लामा अधिकांशका बगैंचामा आँप लगाएको पाइन्छ । सप्तरीको शम्भुनाथ, सीतापुर, फत्तेपुर, लोहजारा, महुली, मोहनपुर, रुपनी, बेल्हा , रुपनगर, कञ्चनपुर, कदमहा, कल्याणपुर, जोगमोहनलगायतका क्षेत्रमा आँपको व्यावसायिक उत्पादन हुने गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।