भुटानी राजबन्दीकाे रिहाइका लागि ह्युमन राइट्स वाचले गरेकाे पहलकाे स्वागत

 चैत १, २०७९ बुधबार २०:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भुटानमा राजनीतिक बन्दीकाे रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी), हेगमा रहेकाे मानव अधिकार सङ्गठनले भुटानमा राजनीतिक बन्दीहरूकाे रिहाइका लागि अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाच (आरएचडब्ल्यू) ले गरेकाे पहलकाे स्वागत गरेकाे छ । 

आरएचडब्ल्यूले हिजाे साेमवार राति न्युयाेर्कबाट एक प्रतिवेदन निकालेर भुटानमा जेलमा रहेका सबै राजबन्दीको सजाय खारेज गर्दै उनीहरूलाई विना सर्त रिहाइ गर्न माग गरेको थियाे । प्रतिवेदनमा विभिन्न जेलमा रहेका ३७ जना भुटानी बन्दीहरूको विवरण पनि सार्वजनिक गरिएकाे थियाे । 

यसबीच जीसीआरपीपीबीले एम्नेस्टी इन्टरनेशनल, संयुक्त राष्ट्र मानव अधिकार परिषद्, युराेपेली सङ्घ, अमेरिकी विदेश विभाग र अन्य सबै प्रमुख अन्तर्राष्ट्रिय निकायहरूलाई दशकाैँदेखि जेलमा सजाय काटिरहेका राजबन्दीहरूकाे रिहाइका लागि भुटानमाथि दबाब बनाउनका लागि एचआरडब्ल्यूमा जाेडिन आग्रह गरेकाे छ । 

जीसीआरबीले भुटानका जेलमा रहेका राजबन्दीहरूलाई तत्काल रिहा गर्न माग गर्नुका साथै सबै राजबन्दीहरूकाे विवरण सार्वजनिक गर्न र हराइरहेका दुई राजबन्दी बमबहादुर तिवारी र लाेकनाथ आचार्यकाे अवस्थाबारे जानकारी गराउन पनि भुटान सरकारसँग आग्रह गरेकाे छ । यी दुवै मानव अधिकारकर्मीलाई क्रमशः सन् १९९० र २०१४ काे सुरुवातमा पक्राउ गरिएकाे थियाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया