यूएईसँग निर्णायक खेल भइरहँदा मौसम बदली, पानी पर्ने सम्भावना कम

 चैत २, २०७९ बिहिबार ११:५५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईसँ निर्णायक खेल खेलिरहँदा काठमाण्डौको मौसम बदली भएको छ । बिहान केहीबेर घाम लागे पनि अहिले बादल लागेको छ । मौसम बदली भएसँगै पानी पर्ने हो कि भन्ने खेल समर्थकहरूलाई चिन्ता छ ।

स्थानीय वायुको प्रभावका कारण बादल लागेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार बादल लागे पनि तत्कालका लागि पानी पर्ने सम्भावना कम छ । स्थानीय वायुको प्रभाव शक्तिशाली बने बेलुकी पख भने हल्का पानी पर्न सक्ने उहाँले बताउनुभयो ।

काठमाण्डौको त्रिवि मैदानमा भइरहेको खेल बेलुकी झन्डै ५ बजेसम्म चल्ने भएकाले बेलुकीपख पानी परे पनि खेल बिथोलिन सक्छ । पानी परेर खेल बिथोलिए नेपालले अङ्क बाँड्नुपर्ने अवस्था आउन सक्छ । अङ्क बाँडे नेपालकाे ३९ अङ्कमात्र हुन्छ । विश्व कप छनाेट खेल्नका लागि नेपाललाई ४० अङ्क आवश्यक पर्छ । यस्तो अवस्थामा नेपालको विश्व कप छनोट खेल्ने लक्ष्य पूरा नहुने भएकोले पानी पर्ने/नपर्नेबारे खेल समर्थकहरूको चासो छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Bikaram

    March 16, 2023, 3:07 p.m.

    I am really fan

  •  0 Reply

तपाईको प्रतिक्रिया