बर्दियामा बाघकाे आक्रमणबाट २ जनाकाे ज्यान गयाे

 चैत ६, २०७९ सोमबार १७:०:३७ | भावुक योगी
unn.prixa.net

फाइल तस्बिर

बर्दिया – बर्दियाकाे मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे छ ।

बर्दिया मधुवन नगरपालिका ५ काे चिराैति सामुदायिक वनमा घाँस काट्न गएका बेला पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बाघकाे आक्रमणबाट मधुवन ५ की ५० वर्षीया धनसरा गुरुङ र ५५ वर्षीया समुन्द्री बुढाक्षेत्रीकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मतबहादुर बाेहाेराले जानकारी दिनुभयो ।

नेपाल–भारत सीमा नजिक पर्ने खाता जैविक मार्ग आसपासका राष्ट्रिय वन तथा सामुदायिक वन र बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा घाँस, दाउरा लिन र च्याउ टिप्न गएका बेला पाटे बाघकाे आक्रमणका घटना हुने गरेकाे प्रहरीले जनाएको छ । 

मृतक दुई जना महिलाकाे शव पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया लगिएकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया