यान्त्रिक अवस्था ठिक नभएका २३ वटा गाडीका चालक कारबाहीमा

 चैत ८, २०७९ बुधबार १७:५९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ट्राफिक प्रहरीले भक्तपुरको जगातीमा गरेको विशेष जाँचका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २३ वटा गाडीका चालक कारबाहीमा परेका छन् ।

एक सय ३० वटाभन्दा धेरै गाडीको जाँच गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका २३ वटा गाडीका चालकलाई कारबाही गरेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

यान्त्रिक अवस्था ठिक नभएको गाडी चलाउँदा दुर्घटनाको जोखिम बढी हुने भएकोले जाँच गरेको उहाँले बताउनुभयो । यान्त्रिक अवस्था ठिक नभएका गाडीको मर्मत गरी तोकिएको जरिबाना तिरेपछि मात्रै प्रहरीले लिएको कागजपत्र फिर्ता गर्ने भट्टले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया