आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै

 चैत १९, २०७९ आइतबार ९:३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज विश्व अटिजम दिवस, नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ तारिखलाई विश्व अटिजम सचेतना दिवसका रूपमा मनाउने घोषणा गरेपछि सन् २००८ देखि यो दिवस मनाउन थालिएको हो।

अटिजमको बारेमा सचेतना जगाउने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै यो दिवस मनाइन्छ । अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने अटिजम केयर नेपाल सोसाइटीले जनाएको छ।

सोसाइटीका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रित व्यवहार देखाउँछन् । झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्छ ।

बालबालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानु पर्ने हुन्छ । अटिजम केयर नेपाल सोसाइटीका अनुसार अटिजमको कुनै औषधि नभएकाले बालबालिकाको वृत्ति विकासका लागि अभिभावकले नै वातावरण बनाउनु पर्दछ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया